काठमाडौ ज्येष्ठ २०, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी आज मुलुकको ४० औं प्रधानमन्त्रीका लागि आफ्नो मनोनयन दर्ता गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री बनाउनका लागि प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड पार्टीका कुमार खड्काको समर्थनमा व्यवस्थापिका–संसद्, सचिवालयमा आफ्नो उम्मे्दावरी दर्ता गराउँनु भएको हो । संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि ज्येष्ठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यतालिका यसअघिनै प्रकाशित गरिसकेको छ ।
काँग्रेस सभापति देउवाद्दारा प्रमको लागि मनोनयन दर्ता
June 3, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- उपत्यकाकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको रथजात्रा आजबाट शुरु
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यस्तो छ मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णय
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np