शनिबार, बैशाख २२, २०८१

राजधानीका विभिन्न ६स्थान निषेधित क्षेत्र घोषित

काठमाडौ चैत २०,  आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीको विभिन्न ६ स्थानमा प्रदर्शन र विरोधका KTM-CDO-708x1024कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।   आज सार्वजनिक सूचना जारी गर्दै   जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीको महारागञ्जस्थित शीतल निवास, महाराजगन्ज, प्रधानमन्त्री निवास, बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास लैनचौर, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको ।

जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीबाट कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराऊजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख छ ।