बुधबार, बैशाख १९, २०८१

युनियनद्दारा प्रेस तथा अभिव्यक्ति स्वन्त्रता विपरितको अनलाइन निर्देशिका खारेज गर्न माग

काठमाडौ चैत्र ११,  सरकारले हालै राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति नेपाल प्रेस युनियनले आफ्नो गम्भीर online-directives-2073-12-11 (1)ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा सरकारले अनलाइनलाई नियन्त्रण गर्ने सोचबाट ल्याएको निर्देशिका तत्काल खारेज गर्न माग गर्दै विज्ञप्तिमा यसअघि गरेको विरोध तथा सरोकारवालाको चासो विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा आपत्ति प्रकट गर्नुको अलावा प्रस्तुत निर्देशिका संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वन्त्रता विपरित रहेको जनाएको गरेको छ ।

त्यस्तै विज्ञप्तिमा न्यायिक परीक्षणबिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रक्रियामा हस्तक्षेप गर्नसक्ने जस्ता प्रावधान कायमै राखी आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रष्ट रहेको जिकिर गर्दै प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन ९व्यवस्था तथा सञ्चालन० ऐन अन्तर्गत जारी निर्देशिकाले खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ ।