काठमाडौ चैत २, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले मुलुकमा एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा काँग्रेसको समर्थनमा वहाल रहेको सरकालाइ दिदै आएको समर्थन फिर्ता लिएको छ । संसद्को आजको बैठकमा मोर्चा सम्वद्ध सांसद महेन्द्रराय यादवले प्रचण्ड सरकारलाइे दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नु भएको हो । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका ३ बुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिन बाध्य भएको उहाले जनाउ दिनु भएको छ ।
यसैवीच सङ्घीय समाजवादी फोरम नेपाल पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् । सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ ।