शनिबार, बैशाख ८, २०८१

पूर्वमन्त्री ढुङ्गेलको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ चैत ३, नेपाली काँग्रेसका नेता एवम् पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गलेको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । नेता ढुङ्गेलको आज Captureडिल्लीबजारस्थित उहाँकै डेरामा सुतिरहेको अवस्थामा निधन भएको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले जारी गर्नु भएको विज्ञप्तिमा नेपालमा लोकतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुङ्गेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको अवस्थामा उहाँको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ उल्लेख गरिएको छ ।

साथै सभापति देउवाले ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।