बुधबार, बैशाख २६, २०८१

आज तराइका २१ जिल्लामा रङ्गहरुको पर्व अर्थात होली मनाइदै

काठमाडौ फागुन ३०, आज तराइका २१ जिल्लामा रङ्गहरुको पर्व अर्थात होली मनाइदैछ । होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व anup_20160322_25मनाउने गरिन्छ । विशेषत शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । सरकारले हिजो होली मनाइने ५४ जिल्लामा र आज तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728