शनिबार, बैशाख ८, २०८१

८६ वर्षको उमेरमा पनि शेरचनले गरे सगरमाथा चढ्ने उद्घोष

17125247_10206294022308150_1810653178_n 17141582_10206294022268149_752859529_n 17160432_10206294022108145_318470224_nकाठमाडौ फागुन २३ , ७६ वर्षको उमेरमा करिब ३ सय ४० दिनमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल मीन बहादुर शेरचनले फेरि दोस्रो पटक सगरमाथा चढेर फर्केर आउने घोषणा गरेका छन् ।

८६ वर्षको उमेरमा पनि शेरचनमा देखिएको जोश आफैमा अपत्यारिलो रहेको सहजै अनुमान गरिए पनि उनले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्तिको कामना, पृथ्वीको रक्षा र विश्व मानवताको कल्याणका निम्ति आउँदो अप्रिलबाट फेरि सगरमाथा चढ्ने घोषणा गर्दै गरुेको अवस्था आफैमा तारिफ योग्य रहेको छ ।

त्यसो त पत्रकार सम्मेलनमा शेरचन भने यसअघि सगरमाथा चढ्दा मरेरै भएनि सगरमाथा चढ्छु भनेको थिए, अहिले म सगरमाथा चढेर पनि बाचेरै आउने बताए ।