आइतवार, बैशाख २३, २०८१

राष्ट्रपतिद्वारा आयोगमा आयुक्तत्रयको नियुक्ती

काठमाडौ फागुन ५, राष्ट्रपति विद्या भण्डारीले तीनजना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि उहाँहरुलाइ आज  नियुक्त गरिएको हो ।   नव नियुक्त आयुक्तत्रय क्रमस नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र MG_7238_600x400सुधीरकुमार शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्र अयोधप्रिसाद यादले पद तथा गोपनीयताको शपथ दिलाउँनु भएको छ ।

सपथ ग्रहण पछि आयुक्तत्रयले  आजै निर्वाचन आयोगमा पुगेर पदभार ग्रहण गर्नु भएको थियो । तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । फोटो  :   राष्ट्रपतिको कार्यालय