बिहिबार, बैशाख २०, २०८१

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौ फागुन १,  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । त्रिविद्दारा यसअघि सार्वजनिक निर्वाचन कार्य तालिका अनुरुप आगामी फागुन १४ गते हुने प्रस्तुत निर्वाचनको लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा Captureसहभागी मतदाताको नाम प्रकाशन गर्ने तयारी गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै आज प्रकाशित मतदाता नामावली उप मङ्गलबार अपराह्न १ बजेसम्म दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मङ्गलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिने त्रिविले जनाएको छ ।

साथै यही फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका रहेको छ ।