मङ्लबार, बैशाख ११, २०८१

स्ववियु निर्वाचन फागुन १४ मै,आवश्यक सुरक्षानिती अवलम्वन गर्न निर्देशन

काठमाडौ फागुन ४ , आसन्न स्ववियुको निर्वाचन  फागुन १४ मै गराउन प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधि सहमत भएका छन् ।

Captureप्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका  उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधि वीच भएको छलफल पछि  यस्तो सहमति कायम भएको  हो ।

त्यस्तै  द्धलफलको क्रमम   यसवीचमा विभिन्न क्याम्पसमा भएको तालाबन्दी गर्ने समूहलाई ताला खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर पनि निर्वाचन प्रक्रिया सुरु गर्ने   सहमति  समेत कायम भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

  यसैवीच छलफल पछि  उपप्रधानमन्त्री निधिले  स्ववियु  निर्वाचनमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई  आवश्यक  निर्देशन दिदै सुरक्षाको लागि  आवश्यक रणनिती तय गर्न निर्देशन दिनु भएको  छ ।