शुक्रबार, बैशाख १४, २०८१

 सकियो क्यान इन्फोटेक

काठमाडौ माघ १८ .राजधानीमा जारी सूचना प्रविधि सम्बन्धी मेला अर्थात कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा सञ्चालित २३ औँ संस्करणको क्यान इन्फोटेक २०१७’ आजबाट समापन भएको छ ।  अघिल्लो वर्षको तुलनामा सख्यात्मक रुपमा केहि अवलोकनकर्ता कम भएपनि प्रर्दशनी आफैमा महत्वपूर्ण एवम् समगष्टिरुपमा सफल भएको आयोजकले जनाएको छ । आजबाट समापन भएको मेलाको चार लाख अवलोकनकर्ता प्रर्दशनीमार्ग पुग्ने विस्वास Anup_20170126_7आयोजकको रहेपनि ३ लाख १० हजार ९८ जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन ।

त्यस्तै यस पटकपनि सेलिब्रेटी, राजनीतिक दलका नेतृत्व, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहनु मेलाको उत्साहप्रद पक्ष रहेका उल्लेख गर्दै महासङ्घद्दारा जारी विज्ञप्तिमा यस वर्ष प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी लगायतले इन्फोटेकको अवलोकन गरेको उल्लेख गरिएको छ ।

यस पटकको इन्फोटेकमा १५८ कम्पनीले २सय२२ वटा स्टलबाट प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपिएस, इन्डक्सन चुलो, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टिभी, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डरहरू, पावर बैंकको प्रर्दशनी एवमे विक्री वितरण गरेका थिए ।