आइतवार, जेष्ठ ६, २०८१

मन्त्रीपरिषद बैठक :दुई प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौ फागुन १ , मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आज दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । आज नियुक्त गरिएका प्रहरी प्रमुखद्दयमा जनपथ तर्फ जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार pm-office-11012017102857-600x0कार्कीले बैठक पछि जानकारी दिनु भएको छ । 
आगामी फागुन ३ गतेबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक क्रमशः उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको पदावधि सकिने भएपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको पनि सरकार प्रवक्ता कार्कीले जानकारी दिनु भएको छ । हो ।