बिहिबार, बैशाख २०, २०८१

यस्तो छ स्ववियुको निर्वाचन कार्यतालिका

काठमाडौं माघ १५, त्रिभुवन विश्वविद्यालयले ८ वर्षपछि आगामी फागुन १४ गते गर्ने गरि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ ।
Captureत्रिविले आज सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अन्र्तगत फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध प्रस्तुत गर्ने रहेको छ ।

त्यस्तै गरि फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गने र १४ गते मतदानको कार्यक्रम रहेको जनाएको छ ।