बुधबार, बैशाख १२, २०८१

कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

काठमाडौ माघ १६ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक परीक्षाको समयतालिका अनुरुप कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुने छ ।
1482151261_मममत्यस्तै कक्षा ११ को परीक्षा ज्येष्ठ ३ गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।

साथै यसको लागि परीक्षार्थीहरुलाई सामयमै परीक्षा आवेदन फाराम भर्न पनि परीक्षा बोर्डद्दारा जारी सूचनामा उल्लेख गरिएको छ । आगामी माघ मसान्तभित्र २०७४ सालको वाषिर्क परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ भने उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्ने राष्ट्रिय परीक्षा बोर्डले  जनाएको छ ।