शुक्रबार, जेष्ठ ४, २०८१

यस्तो छ तमु ल्होसार’को अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

समृद्ध मुलुकको निर्माण गर्न सकियोस :राष्ट्रपति

राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान पुगोस : उपराष्ट्रपति

  काठमाडौ पौष १५ , राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमुलगायत सम्पूर्ण दिदीबहिनी, दाजुभाइप्रति anup_20160627_15सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गनुभएको छ ।  राष्ट्रपतिले जारी गर्नु भएको शुभकामना सन्देशमा नेपालका सांस्कृतिक सम्पदाको यथोचित संरक्षण र सम्वद्र्धन गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता एवम् सामञ्जस्यता कायम गर्ने हाम्रो साझा कर्तव्य रहेको बताउँदै प्रस्तुत पर्वले तमु जातिलगायत समुदायमा उत्साह र उमङ्ग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पु-याउन सकोस् तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) दिीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।  आज उहँले दिनु भएको शुभकामना सन्देशमा तमु ल्होसार जस्तो मौलिक धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930