शुक्रबार, बैशाख ७, २०८१

तमु ल्होसार’का अवसरमा प्रम प्रचण्डले शुभकामना दिदै भने- कार्यान्वयनको अभियानमा हातेमालो गरौ

काठमाडौ पौष १५,  तमु ल्होसार’का अवसरमा प्रधानमन्त्री प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति pmसुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज दिनु भएको शुभकामना सन्देशमा दाहालले सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको जनाउ दिदै सांस्कृतिक परम्पराको धनी नेपालका तमु जातिले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका सन्दर्भमा नेपालका तमु जातिले नयाँ वर्षको आगमनको खुसीयालीस्वरुप विशेष उत्साह र उमङ्गताका साथ मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने बताउनुभएको छ । साथै उहाँले सन्देशमा राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

संविधानको कार्यान्वयन र समायानुकूल परिमार्जनबाटै राष्ट्रिय एकताको भावना मजबुत हुन्छ :   सभापति  देउवा

यसैवीच काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमार्फत गुरुङ sdसमुदायले नयाँ वर्षको रुपमा मनाइने गरेको ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पर्वले समाजमा सद्भावना बढाउँदै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नो सन्देशमा मुलुकमा जारी संविधानको कार्यान्वयन र समायानुकूल परिमार्जनबाटै राष्ट्रिय एकताको भावना मजबुत बनाउन सकिने उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930