शुक्रबार, बैशाख ७, २०८१

प्रतिपक्षीदलका कारण आज पनि चल्न सकेन संसद् बैठक

काठमाडौ पौष १४,  आज बसेको व्यवस्थापिका संसदको बैठक पनि कार्यसूचीमा प्रवेसनै नगरी पौष १८ गते सम्मका लागि स्गथन भएको छ । आजको बैठकमा img_9157_sjh_samsad_073पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरूको अवरोधका कारण बैठक पनि अवरुद्ध भएको हो । भयो ।

सभामुख ओनसरी घर्तीले सदनको कारबाही सुरु गर्ने  बित्तिकै नेकपा एमाले सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको जिकिर गर्दै संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म ससद बैठक चल्न नसक्ने जनाउ दिएलगत्तै अरु सासदहरु आ आफ्नो आसनबाट उठेर विरोध सुरु गरेका थिए । तर सभामुखले पटक पटक आशन ग्रहण गर्न विपक्षी संसद सदस्यलाइ आग्रह गर्दासमेत विपक्षी दलका सांसदले कुनै सुनुवाइ नगरेपछि उहाँले बैठक स्थगनको घोषणा गर्नु भएको हो ।