मङ्लबार, बैशाख २५, २०८१

स्थानीय शान्ति सुरक्षाका लागि सार्वजनिक सुनुवाई

काठमाडौं पौष ९ , राजनीतिक अस्थिरताका कारण स्थानीय निकायमा जनप्रतिनिधिविहिन भइरहेको परिप्रेक्ष्यमा स्थानीय शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको संयुक्त आयोजनामा भएको उक्त boudha_interaction_program1कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख विपिन रेग्मीले समुदायको शान्ति सुरक्षाको अभिङ्ग अङ्ग भएको बताउँदै विगतमा भन्दा अहिले बौद्धमा स्थानीय शान्तिसुरक्षाको अवस्थामा निकै सुधार आइसकेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै स्थानीय समाजसेवी नेपालजीत लामाले ‘बौद्धस्तुप राज्यको मात्र सम्पत्ति नभई विश्वकै सम्पत्ति भएको बताउँदै यसको संरक्षणका लागि सम्बन्धित पक्षबाट ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो भने झ्यारुङ खस्योर सहकारीका अध्यक्ष अध्यक्ष टासिकुमार लामाले ‘स्थानीय शान्ति सुरक्षाको सवालमा नयाँ प्रविधिहरुको प्रयोग गरी नयाँ प्रविधिमा प्रवृष्ट भएका आधारमा दोषीलाई कारवाही गर्न सकिने भएकाले प्रविधिको अधिकतम रुपमा सहयोग लिन सक्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय क्षेत्रका विभिन्न समस्याहरुलाई छलफलबाट न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको यस अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका भाइबहिनी, महिला तथा युवा समूह, उपभोक्ता समूह, होटल तथा रेष्टुराँ व्यवसायी, सुनचाँदी व्यवसायी तथा वित्तीय क्षेत्रका प्रतिनिनिहरुले स्थानीय शान्ति सुरक्षा सम्बन्धी जिज्ञासा राखेको उक्त कार्यक्रममा भोजपुरका अध्यक्ष लिलामाया तामाङलाई भोजपुर सदरमुकाममा आगलागी भएका अग्निपीडितहरुको सहयोगार्थ रु. ६०हजार रकम संकलन गरी हस्तान्तरण गरिएको प्राप्त समाचारमा उल्लेख्य गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930