बिहिबार, बैशाख २०, २०८१

निलम्बित प्रमुख आयुक्त कार्कीको नियुक्ति प्रकरणको थप सुनवाइ अव पौष २१ मा

काठमाडौ पौष ८, अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणको सवालमा अधिवक्ता ओमप्रकाश अर्यालद्दारा दायर suprim_coteविहिवारबाट सुरुभएको पहिलो पेसी को सुनवाइ अन्र्तगत विपक्षीको तर्फबाट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा आज अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस वकालत गर्नु भएको छ ।

अघि अर्थात कार्कीको पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । त्यस्तै प्रस्तुत मुद्धामा थप वहस एवम् सुनवाइ आगामी पौष २१ गते हुने गरि आजको सुनुवाइ स्थगन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  स्मरण रहोस लोकमानसिंहको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेको थियो