काठमाडौ पौष ४, सरकारले नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई अपदस्त गरेको छ । सञ्चालकत्रय क्रमस प्राधिकरण सञ्चालक समितिका सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाइ लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा हटाईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला यी ३ सञ्चालकले अवरोध गरेका कारण उनीहरुलाई र्जिामन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नाआएपछि मन्त्रालयले राष्ट्रहितको काममा अवरोध पुर्याएको भन्दै उनिहरुलाइ बर्खास्त गरिएको जनाईएको छ ।
यसैवीच प्राधिकरण सञ्चालक समितिमा ३ जना सञ्चालकोको अपदस्तसंगै भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।