शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 nepal-oil-nigamकाठमाडौ पौष ३, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थमा बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने  र नयाँ मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पर्ने निगमस्रोतले जनाएको छ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो ।