बिहिबार, बैशाख २०, २०८१

राप्रपा महाधिवेशन फागुन ६ देखि ९ राजधानीमा हुने

काठमाडौ मार्ग १९, पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन को मिति ताृकिएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिवार बसेको kamal thapaबैठकले महाधिवेशनको मिति, स्थान एवम् निर्वाचनसम्बन्धी कार्यतालिका र निर्देशिका समेत पारित गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसा राप्रपाको महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते राजधानीमा हुने बताइएको छ ।

त्यसैगरी बैठकले संविधान संशोधनसम्बन्धी प्रस्तावको संवेदनशीलता र गम्भीरतालाई दृष्टिगत गर्दै सम्बद्ध पक्षसँग गहन छलफल गर्नुपर्ने निष्कर्षको पहचान गर्दै बैठकले कानुनविद्, मधेस केन्द्रित राजनीतिक दलसँग आवश्यक परामर्श गर्दै अगाडि बढ्ने निर्णय गरेको पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।