बुधबार, बैशाख ५, २०८१

आज जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै

सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुगोस् :राष्ट्रपति भण्डारी

काठमाडौं मार्ग १९, मर्यादा पुरुषोतम राम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।  त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

 यसअघि  विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती शनिबार महोत्तरी जिल्लाको मटिहानी आइपुगेका  थिए ।

यसैवीच विवाह पञ्चमीको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीजस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न मद्दत गरिरहेका बताउनुभएको छ ।  सन्देसमा उहाँले नेपाल र छिमेकी राष्ट्र भारतका नागरिकबीच नागरिक स्तरमा रहेको सांस्कृतिक सम्बन्धको कडीलाई नवीकृत र प्रगाढ बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता सुदृढ बनाउँदै नेपालका जनता र भारतका जनताबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने कामना समेत गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930