मङ्लबार, जेष्ठ ८, २०८१

छिमेकी मुलुक चीन र भारतसंगको सम्बन्ध सुधारकालागि विशेष प्रतिनिधि पठाउने

मन्त्रिपरिषद्को बैठक: 
   काठमाडौ श्रावण २७, नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आज सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा नयाँ सरकार गठनभएपछिको अवस्था सहित राजनैतिक mantri-602x256घटनाक्रमको पछिल्लो स्थितीको सवालमा छिमेकी मुलुक चीन र भारतलाइ जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिदै प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा आफुहरुलाइ प्राप्त कार्यदेशबाट छिमेकी मुलुक चीन र भारतसंगको सम्बन्धमा सुधार सहित नयाँ आयाम थपिने जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले आजको बैठकबाट महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न कानुनमा देखिएका अड्चन संशोधन वा परिमार्जन गर्दै कालोबजारीलाइ निरुत्साहित गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुको अलावा आवश्यक काननको तर्जुमा गर्ने निर्णय समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031