सोमवार, बैशाख ३१, २०८१

सनराइजको रेमिट्यान्स सेवा अब कोरियाबाट

सनराइज र Industrial Bank of Korea (IBK) वीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं श्रावण २६, सनराइज बैंक कोरियाको  Industrial Bank of Korea (IBK) वीच रेमिट्यान्स सेवा बिस्तारका लागि विप्रेषण सम्बन्धी सम्झौता भएको छ । प्रस्तुत सम्झौता संगै अव कोरियामा बस्दै आएका नेपालीले IBKको कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा पैसा पठाउन सक्ने बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कोरियामा ६सय३७ शाखाको संजाल रहेको IBK ले आनसान र इतेवान शाखा आप्रबासीलाई रेमिट्यान्स Untitled-1सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ । IBK को कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली जहिलेपनि REMITTANCE अथवा मोबाइल बैकिंग वा एटिमबाट नेपालमा पैसा पठाउन सक्ने जनाएको

साथै यसरी पैसा पठाउने ग्राहकलाई आइविकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिनुको अलावा IBK  मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्ने गरेको छ भने त्यस्ता ग्राहकलाई IBK ले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने जनाउँदै यसमा अतिरिक्त सनराइज बैंकको खातामा पैसा जम्मा हुँदा सन्राइज बैकले कुनै रकम नलाग्नुको साथै सन्राइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिने बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031