बुधबार, बैशाख १९, २०८१

सनराइजको सुनवल शाखा स्थानान्तरित

  काठमाडौं श्रावण २३, सन्राइज बैंक लिमिटेडले सर्वसुलभ बैकिङ सेवा ग्राहकहरू समक्ष पु-याउने उद्देश्यले अनुरुप सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । स्थानान्तरित सुनवल शाखाको उद्घाटन एक कार्यक्रमकावीच प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स नवलपरासिका Sunwal Branch 6478अध्यक्ष भिम बहादुर थापाले गर्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सो अवसरमा एटिएम् सेवाको समेत सुभारम्भ गरिएको थियो ।

त्यस्तै बैंकले स्थानान्तरित सुनवल शाखामा निक्षेप संकलन तथा साना एवंम् मझौला व्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधा उपभोग गर्न सकिने जनाउँदै प्रस्तुत शाखामा श्रावण २३ देखि भाद्र १६, सम्मका लागि लकर सुबिधामा ५०प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा र ७१ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चितवन मेडिकल कलेज नारायणघाटमा एक्स्टेन्सन काउन्टर तथा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031