मङ्लबार, जेष्ठ १, २०८१

ब्लड-मनी तिर्न नसक्दा मृत्यु पर्खेर बसेका ७ नेपालीको विवरण सार्वजनिक

काठमाडौं श्रावण २६, वैदेशिक रोजगारका क्रममा साउदी अरब पुगेका नेपालीहरु जो लामो अवधिदेखि जेल जीवन व्यतित् गरिरहेका छन उनिहरुको उद्धारका लागि हाम्रो नेपाली साझा मञ्च फेसबुकका प्रयोगकर्ताले अभियान सुरु गरेको छ । परदेशमा राम्रो कमाएर घर चलाउने, ऋण तिर्ने र छोराछोरी भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेश  भास्सिने विज्ञप्ति-1क्रममा   सवारी चलाउने क्रममा भएको दुर्घटनासंग सम्बन्धित मुद्दामा ब्लड मनी तिर्न नसकेर अरव प्रशासनले जेलमा राखिएका ७ जना नेपालीको उद्धारका लागि मञ्च सहित प्रवासी ६ दर्जन भन्दा बढि नेपालीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै जेल जीवन विताउँन बाध्य भएका ति नेपालीहरुको विवरण सार्वजनिक गरेको हो ।

 त्यस्तै मञ्चको अन्तर्राष्ट्रिय अभियन्ताहरुको समूह बैठकले आवश्यक खोजविन पछि  सार्वजनिक गरेको   विवरणमा   सवारी दुर्घटनाका कारण साउदी अरबका जेल रहेका नेपालीहरु क्रमस :
 २. नामः संजिवकुमार यादव : जेलः अलहासा, जेल बसेको समयावधिमुद्दाको अवस्थाः ब्लडमनि ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) मांग गरेको जिल्लाः थाहा हुन नसकेको, साढे दुई वर्ष , मुद्दाको अवस्थाः ब्लड मनी  ९७ हजार ७ सय साउदी रियाल (२७ लाख ८५ हजार ४ सय २७ रुपैयाँ) मांग गरेको जिल्लाः धनुषा, पुष्पवलपुर– १ रतनपुर ।
३. नामः विष्णुहरि पाण्डे : जेलः रियादस्थित मलालजेल, जेल बसेको समयावधि तीन वर्ष बढी , मुद्दाको अवस्थाः ३ लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ) मांग गरेको, जिल्लाः सर्लाही, कर्मैया ५ ।
४.नामः भिमबहादुर दाहाल : जेलः वादी अल दवासिरस्थित कविर सिजन,जेल बसेको समयावधि चार वर्ष बढी , मुद्दाको अवस्थाः ढिसमिस, नेपालमा सम्पर्कः मेघराज दाहाल (दाइ) ९८४२३६९७०७, जिल्लाः मोरंग, बेलबारी ८।
५. नामः मदन पंधाक लिम्बू : जेलः वादी अल दवासिर स्थित कविर सिजन, जेलबसेको समयावधि एक वर्ष ९ महिना , मुद्दाको अवस्थाः थाहा नभएको , नेपालमा सम्पर्कः तेजबहादुर लिम्बू (पिता)९८१६०२९६४९ , जिल्लाः झापा, बुधबारे ६
६. नामः धनबहादुर थापा मगर:   जेलः ताईफस्थित जेल, जेल बसेको समयावधि एक वर्ष ३ महिना, मुद्दाको अवस्थाः मांग गरेको तीन लाख साउदी रियाल (८५लाख ५३ हजार रुपैयाँ) नेपालमा सम्पर्कः युकुमारी (श्रीमती) ९८१९१४२५१७ , जिल्लाः तनहुँ दुलेगौडा हलेसी ३ ।
७. नामः रामचन्द्र तिमिल्सिना : जेलः ताईफस्थित, जेल बसेको समयावधि एक वर्ष ३ महिना , मुद्दाको अवस्थाः एक लाख बिस हजार साउदी रियाल (३४लाख २१ हजार २ सय रुपैयाँ), नेपालमा सम्पर्कः सरिता तिमिल्सिना (श्रीमती) ९८४३८७८९८८, जिल्लाः काभ्रे कुशादेवी २ घिमिरे रहेका छन ।

यि ७ जना नेपाली   अरबको ५५ डिग्री तातोभूमि कोही पनि रहरले नभएर  आर्थिक अभावकै खाँचो टार्न र केही सानातिना सपना पुरा गर्ने लक्ष्य सहित त्यहा पुगेको तर निर्धारित सपना सपनामानै सिमित राख्दै  दुःख र पीडा बोकेर जेलमा दिन, महिना र वर्ष वितेको भित्तामा कोरेर बिताउन बाध्य भएका साथीको तर्फबाट मञ्चले प्रवासमा रहेका कम्तीमा साउदी अरबको जेलमा रहेका नेपालीलाई जेलमुक्त गराउन नेपाल सरकारले तत्काल पहलकदमी लेओस भन्ने आग्रह गरेको छ । साथै विज्ञप्तिमा यदी सरकार सक्षम छैन भने स्पष्ट जवाफ देओस्,वैदेशिक रोजगारमा रहेका नेपालीले “देशलाई के दियो र हामीले के पायौ भन्ने चर्चा नगरी हामी वैदेशिक रोजगारमा रहेका नेपालीहरु हातेमालो गर्न तयार भएको समेत जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031