काठमाडौ आषाढ ११ रिजवान अन्सारी नेतृत्वको संघीय नवाबिचार समूह, नेपालले पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा एक कार्यक्रम गरि रजनी मल्लिको नेतृत्वमा १९ सदस्यीय स्सिय उपत्यका तदर्थ कमिटी गठन गरेको छ । कमिटिमा अजय खड्का, प्रतिक्षा खड्का,माया मगर,जितमाया महर्जन लगायत रहेका छन् । कार्यक्रममा समूहका संयोजक अन्सारीले देशमा सम्पूर्ण पार्टीहरु असफल भइसकेकाले अब नयाँ शक्तिको आवश्यकता रहेको जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै उहाँले राष्ट्रिय चरित्रको पार्टी रहेकोले सबै समुदायलाई समेटेर पार्टी निर्माणमा जुटेको बताउँदैराजनीतिसंग घृणा नगरी देश निर्माण र राजनीतिक,सामाजिक,आर्थिक बिकासको लागि राजनीतिमा आउनुको विकल्प नरहेकोले युवाहरुलाई राजनीतिमा आउन आह्वान गर्नु भएको थियो । कार्यक्रममा समूह नेता महावीर प्रसाद मल्लि, राजु भुजेल , दिनेश पाख्रिन लगायतको सहभागिता रहेको थियो ।
संघीय नवाबिचार समूहको उपत्यका तदर्थ कमिटी गठन
June 25, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np