बिहिबार, बैशाख १३, २०८१

प्रहरी हिरासतमा हुने यातना तथा दुव्र्यवहारको सूचाङमा वृद्धि :  एड्भोकेसी फोरम

काठमाडौ आषाढ ११,  यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवसको पूर्वसन्ध्यामा एड्भोकेसी फोरम नेपालले शनिबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा प्रहरी हिरासतमा हुने यातना बढेको उल्लेख गरिएको छ । अध्येनको क्रममा यातनाका मुख्य Advocacy Forum Nepalप्रवृतिहरुमा मुडकीले हान्ने, लाठी वा बाँसका लाठी, पलाष्टिकका पाइपले कुट्ने वा लात्तिले हान्ने आदि रहेको पाइएको छ। त्यस्तै थुनुवाहरुले श्वासप्रश्वास अवरुद्ध हुने गरी नाक र मुखमा पानी खन्याइदिने गरेको गुनासो गर्दै थुनुवाहरुले आफुलाइ ज्यान मार्ने धक्की दिदै साविती बयान दिन करकाप गर्ने र न्यायाधिश, चिकित्सक र मानवअधिकारवादीलाई यातनाका बारेमा बताएमा अझ बढि यातना दिने धम्की दिने गरेको उल्लेख गरिएको छ ।

फोरमद्दारा जारी विज्ञप्तिमा सन २०१५ मा विभिन्न १० वटा जिल्लाका प्रहरी कार्यालयको स्थलगत निरिक्षण सहित हिरासतमा रहेका १ हजार २ सय १२ जना थुनुवाहरुसँग अन्तवार्ता लिएकोमा ती मध्ये १७ दशमवल २ प्रतिशत थुनुवाहरुले यातना तथा दुव्र्यवहार भएको गुनासो गरेको उल्लेख गरिएको छ । यसअघि अर्थात सन २०१४ मा यातनाको प्रतिशत १६ दशमलव २ प्रतिशत रहेको जनाउँदै प्रस्तुत तथ्याङ्कले नोभेम्बर २०१५ मा भएको विश्वव्यापी आवद्यिक समिक्षाका दौरान नेपालले यातनालाई आपराधिकरण गरिने, यातनाका घटनालाई निष्पक्ष ढंगले अनुसन्धान गरिने र पीडितलाई परिपूरणको अधिकार दिइने प्रतिवद्धताविपरित देखिएको एड्भोकसी फोरमका अध्यक्ष चुडामणि अचार्यले बताउनुभएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बालबालिकालाई गरिने यातना तथा अन्य क्रुर, अमानवीय र अपमानजनकव्यवहार प्रमुख चिन्ताको विषय रहिेको जनाउँदै ‘बालवालिकामाथि हुने यातनाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै एड्भोकेसी फोरमको तथ्याङ्कले २१.८% बालवालिकाहरुमा यातना हुने गरेको देखाएको छ जुन वयस्क थुनुवाहरुमाथि हुने यातना ﴾१५.९%﴿ यातना भन्दा बढि रहेको एड्भोकसी फोरमका कामु निर्देशक ओम प्रकाश सेनलाइ उदृत गर्दै ‘बालवालिकाहरुलाई थुनामा राख्दा के कारणले पक्राउ गरी थुनामा राखिएको हो भन्ने जानकारी नदिइने गरेको उल्लेख गरिएको छ ।