बिहिबार, बैशाख २०, २०८१

तत्कालीन राजपरिवारप्रति श्रद्धाञ्जलि समर्पण

काठमाडौं ज्येष्ठ १९, आज ज्येष्ठ १९ अर्थात मुलुकमा आजको दिन तत्कालीन राजा वीरेन्द्र सहित उहाँको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो । यसै क्रममा योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा नेपालका तत्कालीन राजा वीरेन्द्र र राजपरिवारको स्मरण सहित parneaपरिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ ।

श्रद्धाञ्जलि समपर्ण कार्यक्रममा पूर्वमन्त्री दिनबन्धु अर्याल, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमबहादुर कार्की, विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारीलगायत वुद्धिजीवी, समाजसेवी, प्राध्यापक, डाक्टर, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।