शुक्रबार, बैशाख ७, २०८१

आफ्नो माग प्रति सरकार उदासिन भएको भन्दै मोर्चाद्वारा संसद बैठक बहिस्कार

  काठमाडौ ज्येष्ठ १९, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिस्कार गरेको छ । बैठकको CA_20141009085850प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गर्नुभएको थियो ।

बैठकमा बोल्दै साहले सरकार आफ्ने माग प्रति उदासिन रहदै जारी आन्दोलनलाइ उपेक्षा गर्दै आएकोमा आपत्ति जनाउँदै आफूहरूले उठाएकोे मागको सम्बोधन नगरिएकाले आजको बैठक बहिस्कार गरेको घोषणा गर्दै आन्दोलनरत मोर्चासँग आबद्ध सांसद बैठकबाट बाहिर जानुभएको थियो ।

बजेटमाथिको छलफल जारी, प्रतिपक्षद्वारा आलोचना
यसैवीच सरकारले प्रस्तुत गरेको आव २०७३/७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी छ । बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ । नेपाली काँग्रेसका सांसद डा। मीनेन्द्र रिजालले बजेट ल्याए मात्र हुन्छ कार्यान्वयन गर्नु पर्दैन भन्ने मानसिकताबाट बजेट आएको भनी आलोचना गर्नुभयो । बजेट सुन्दा राम्रो लागेपनि तर त्यसको खर्च कसरी जुटाउने भन्नेमा स्पष्टता नदेखिएको उहाँको भनाइ छ ।  त्यस्तै सांसद रत्ना शेरचनल बजेट महात्वकांक्षा, उत्पादनमुखी भन्दा वितरण मुखी, भएको र युवा उद्यमीलाई समेट्न नसकेको भनी आलोचना गर्नुभएको थियो भने नेकपा संयुक्तका सांसद जयदेव जोशीले बजेटमा कार्यान्वयन हुन नसक्ने हावादारी कार्यक्रम रहेको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031