बिहिबार, बैशाख २०, २०८१

२९ दलीय गठबन्धनद्दारा प्रम निवास घेराउको प्रयास, प्रहरी र प्रदर्शनकारीबीच झडप, केहि प्रदर्शनकारी घाइते

  काठमाडौं ज्येष्ठ ४, संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले आफ्नो राजधानी केन्द्रीत आन्दोलन अन्र्तगत सिहदरवार घेराउको स्वरुप परिवर्तन गर्दै आज प्रधानमन्त्रीको निवास बालुवाटार घेराउ गर्ने क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा Captureसङ्घीय गठबन्धनको आन्दोलनमा सहभागी प्रहरीवीच झडप भएको छ ।

यसअघि दुई दिनसम्मको सिंहदरबार घेराउ पछि सोमबार साँझ बसेको बैठकले सिंहदरबार घेराउ सफल भएको निष्कर्ष सहित अब बालुवाटार केन्द्रीत आन्दोलन गर्ने निर्णय गर्दै आज बालुवाटार घेराउको प्रयास गरेका थिए ।  गठबन्धनको बैठकको निणर्य सार्वजनिक भएलगत्तै सोमबार साँझनै बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र बढाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीशको सरकारी निवास वरपर निषेधित क्षेत्र घोषित गरेको थियो ।  हिचानसहितको सङ्घीयता छोड्दैनौँ”,आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर लगायत नारा लगाउँदै धर्नाको क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा केहि प्रदर्शनकारी घाइते भएको बुझिएको छ । त्यस्तै प्रदर्शनकारीको प्रदर्शनका कारण उक्त क्षेत्रको यातायात अवरुद्ध हुनुको अलावा यात्रु हिँडेर गन्तव्यमा जान बाध्य भएका छन् ।