बिहिबार, बैशाख २०, २०८१

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर चैत १८, आजदेखि देशभर एकै साथ सुरु भएको वर्ष २०७२को प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा slcनियन्त्रणको कार्यालय भक्तपुरले जनाएको छ ।  आज परीक्षाको पहिलो दिन देशभर १ हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएको जानकारी पनिकाले दिएको छ ।

त्यस्तै पनिकाका  अनुसार    यसपटक नियमिततर्फ ४ लाख ५२ हजार आठ सय ८२ विद्यार्थी सहभागी हुदैछन् । जसमा दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा सहभागी रहेको  त्यस्तै एक्जेम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ परीक्षार्थी छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ३५ हजार ७ सय २९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् । यो बर्षदेखि सबैजनाले ग्रेडका आधारमा ‘ग्रेडसिट’ पाउने जनाएको छ ।