शुक्रबार, बैशाख ७, २०८१

एसएलसी परीक्षा: महोत्तरीका २९९ विधार्थीको परीक्षा रद्द, एकजना नक्कली परीक्षार्थी पक्राउ

मनोज झा मुक्ति/होत्तरी, २३ चैत्र
प्रवेशिका परीक्षा अर्थात एसएलसी परीक्षाको ५ औं दिनमा महोत्तरी जिल्लामा मर्यादाविपरीत काम गरेका २३ विद्यार्थी निष्कासित भएका IMG_9150 IMG_9256छन् । मंगलवार सामाजिक विषयका परीक्षा दिइरहेका महोत्तरीका चारवटा परीक्षाकेन्द्रबाट प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धानका एसपी सम्मिलित टोलीले मर्यादा विपरीत कार्य गरिरहेका विद्यार्थीलाई आजको परीक्षाबाट निष्कासित गरेका हुन् । निरीक्षणको क्रममा टोलीले जनता उमावि वर्दिवास परीक्षाकेन्द्रबाट ६ जना, देउराली उमावि वर्दिवास केन्द्रबाट १ जना, जनता सेकेन्डरी गौरीडाँडा केन्द्रबाट २ जना र खयरमारा परीक्षाकेन्द्रबाट १४ जनाको सामाजिक विषयको परीक्षा निरस्त गरेको हो । यसैगरि गौशालाकेन्द्रबाट १ जना नक्कली परीक्षार्थी लाई हिरासतमा लिइएको छ ।
महोत्तरीमा पहिलो दिनको परीक्षामा यसै टोलीले वलबा र धमौरा केन्द्रबाट १२ जना, दोस्त्रो दिन बखरी,मनरा तथा खखना लोटना केन्द्रबाट ९३ जना, तेस्त्रो दिन महोत्तरी,पिपरा,रतौली तथा भ्रमरपुरा केन्द्रबाट ५८ जना परीक्षार्थीको परीक्षा रद्द गरेका थिए भने चौथोदिनमा रामगोपालपुर,सोनामाई,औरही तथा बिजलपुरा परीक्षाकेन्द्रबाट ११३ गरी महोत्तरीमा मात्र एसएलसी दिइरहेका २९९ जना परीक्षार्थीको एक–एक विषयको परीक्षा रद्द भइसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031