बुधबार, बैशाख १९, २०८१

बिपी कोइरालाको आर्दश विपरितको काँग्रेसको निर्वाचन

प्रचारको शैली र अव्यवस्थित खर्चका कारण काँग्रेस  चिल्ला, सुकिला, मुकिलाको कब्जामा

काठमाडौ फागुन २३,  नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्र्तगत आज राजधानीस्थित प्रदर्शनीमार्गको सभागृहमा हुँदै गरेको निर्वाचनको अवलोकन भ्रमणमा जाँदा त्यहाँको वातावर देख्दा उम्मेदवारहरुले अपत्यारिलो रुपमा मोटो खर्च गरेको सहजै अनुमान गर्न सकिन्छ । जुन ढंगमा उम्मेदवारले महँगा फ्लेक्स प्रिन्ट, भिजिटिङ कार्ड, पर्चा, पम्प्लेट, व्यक्तिगत घोषणापत्र, नीति तथा कार्यक्रम, अपिल, ब्याच, तुल, श्रव्यदृश्य प्रचार, माइकिङ, गीत–सङ्गीत लगायत प्रचार सामग्रीको प्रयोग गर्दै गरेको दृष्य देख्दा जोकोहिले पनि सहजै भन्न सक्थ्यो कि प्रस्तुत निर्वाचन यदि विपीको आर्दश बोकेको काँग्रेसको निर्वाचन भएको भए पक्कैपनि पनि यस्तो भड्किलो हुन्न थियो । तर के गर्नु पछिल्लो पटक काँग्रेसमा मौलाएको अराजक एवम् भड्किलो मात्र नभइ रवाफिलो निर्वाचनको झलकले प्रसंग आफैम विषयान्तर भएको सहजै बोध गर्न सकिन्छ ।

धन्य नै मान्नु पर्छ पार्टीले भित्तेलेखनलाइ निषेध नगरेको भए स्थित झन अराजक हुने सहजै अनुमान गर्न सकिन्छ । यसरी प्रचारको शैली र अव्यवस्थित खर्चका कारण त्यागी, इमान्दर तथा खर्च गर्न नसक्ने समूह पार्टीको चुनावमा सहजै निर्वाचित हुन नसक्ने स्थिती एकातर्फ देखिएको छ भने अर्को तर्फ बिपी कोइरालाले आर्दश विपरितका क्रियाकलापले  काँग्रेस  भोलीका दिनमा चिल्ला, सुकिला, मुकिला र हुने खानेको बोलवालाको चंगुलमा दुवाउँदै लगेको बोध गर्न सकिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829