शुक्रबार, चैत्र १६, २०८०

सभापतिमा देउवा, महामन्त्रीमा शंशाक र कोषाध्यक्षमा सितादेवी पहिलो चरणमै विजयी हुने चर्चा

काँग्रेस निर्वाचनमा यत्रतत्र सर्वत्र आफ्नै जित्ने दाबी

काठमाडौ फागुन २३ नेपाली काँग्रेसको आगामी नेतृत्व चयन गर्न मतदान जारी रहेको बेला सभापतिका तीनै उम्मेदवार शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये कसले वाजी मार्छ भन्ने सवालले यत्रतत्र सर्वत्र चर्चा पाएको छ ।  पार्टीको केन्द्रीय नेतृत्व चयनका

nc-mahadhibeshan-harekpalलागि आज बिहान ८ः४५ बजेदेखि अपरान्ह् ४ बजेसम्म जारी रहने मतदान अन्र्तगत सभापतिमा नेता देउवा महमन्त्रीमा शंशाक र कोषध्यक्षमा सितादेवी यादव पहिलो चरणमै विजयी हुने ठोकुवाको चर्चा हुँदै गर्दा सभापतिका अर्का उम्मेदवार पौडेल र सिटौलाले पक्षधरले पनि आ आफ्नै दावी प्रस्तुत गरिरहेका छ ।
यद्यपी जुन सुकै पक्षधरले जस्तो सुकै दावी प्रस्तुत गरेपनि काँग्रेसमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ र ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके सोमवार पुनः निर्वाचन गराइने छ ।