बुधबार, बैशाख १९, २०८१

पुनर्संरचनासहितको नयाँ विधान मस्यौदा सुझावको लागि महासंघको आव्हान

काठमाडौं फागुन २०, नेपाल पत्रकार महासंघले गत आश्विन ३ गते मुलुकमा जारी नयाँ संविधानले अख्तियार गरेको संघीय ढाँचासँग मेल खाने गरी संगठनात्मक पुनर्संरचनासहित नयाँ विधान मस्यौदाको लागि भन्दै महासंघको शाखारएशोसियट संस्था, महासंघका सभासद् र FNJ Bidhan Circular Branch 19 fagunसाधारण सदस्यहरूको सुझाव माग गरेको छ ।

त्यस्तै महासंघले प्राप्त झावको आधारमा विज्ञहरूबाट प्रारम्भिक मस्यौदा तयार गरेर सम्बद्ध सरकोकारवालाहरूसँग छलफल गर्दै आगामी केन्द्रीय समितिको वैठकबाट अनुमोदन गरि केन्द्रीय साधारणसभामा प्रस्तुत गर्ने महासंघको तयारी गरेको जनाएको छ।

साथै संघीय ढाँचाअनुरुप संगठनात्मक पुनर्संरचनाका लागि मूलतः महासंघको संगठनात्मक ढाँचा, केन्द्र, प्रदेश र जिल्लारप्रतिष्ठान÷वैदेशिकरएशोसियटको अधिकार क्षेत्र र कर्तब्यको सूची, निर्वाचन प्रणाली, केन्द्र, प्रदेश र स्थानीय तहको कार्यसमितिको संरचना र संख्या एवमर विद्यमान विधानमा संशोधन वा थपघट गर्नुपर्ने अन्य विषयमा केन्द्रीत हुँदै फागुन मसान्तसम्ममा केन्द्रीय कार्यालयमा सुझाव पठाउँन सरोकारवाला एवम् सम्वद्ध सवैमा आव्हान गरेको छ ।