बिहिबार, बैशाख २०, २०८१

काँग्रेस महाधिवेशन: मध्यपश्चिममा संस्थापन, सुदूर पश्चिमममा देउवा बलियो

बसन्त शर्मा/ नेपालगन्ज फागुन १३ , नेपाली काँग्रेसको करिब १० जिल्लाको अधिवेशन पार्टीको १३ औँ महाधिवेशनपछि मात्र हुने भएको छ । १० जिल्ला मध्ये मध्य र सुदूरपश्चिमका तीनवटा जिल्ला छन् । कञ्चनपुर, बझाङ र डोल्पामा आन्तरिक विवाद र स्थानीय नेतृत्वको सहमतिमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने सङ्केत देखिएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । बारा, पर्सा, धनुषा, सिराहा, र सिन्धुपलाञ्चोकमा पनि आन्तरिक विवाद छ । मध्य र सुदूरमा २१ जिल्लामा भएको अधिवेशनमा संस्थापन पक्ष बलियो देखिएको छ । २१ जिल्लामा १३ जिल्लाका सभापति संस्थापन पक्षका रहेका छन भने ७ जना सभापति देउवा र एकजना खुमबहादुर खड्का पक्षका निर्वाचित भएका छन् ।

मध्यपश्चिममा बाँकेका सभापति किरण कोइराला, बर्दिया सभापति सञ्जय गौतम, सुर्खेत सभापति कमलराज रेग्मी, दैलेख सभापति Congress_Mahadhibetaion_252294018कृष्णकुमार वीसी संस्थापन पक्षका हुन् । त्यसैगरि रोल्पाका अमरसिंह पुन, रुकुमका प्रेमप्रकाश ओल, सल्यानका गणेश चन्द, प्यूठानका अम्मर भण्डारी पनि संस्थापन पक्षकै हुन् । त्यसैगरी कर्णालीका जुम्ला सभापति दिपबहादुर शाही, कालिकोटका हर्षवहादुर वम, मुगुका खड्कवहादुर शाही पनि संस्थापन पक्षबाटै सभापतिमा चुनाव जितेका हुन् । मध्यपश्चिममा कमजोर देखिए पनि सुदूरपश्चिममा भने देउवा पक्ष बलियो छ । सुदूरमा बैतडी सभापति नरनारायण शाह, अछामका भरतकुमार स्वाँर, बाजुराका नरेन्द्रसिंह थापा र दार्चुलाका ललितसिंह बोहरा बाहेक अन्य सबै जिल्ला सभापति देउवा खेमाका हुन् । काँग्रेस कैलालीका सभापति कविराज पाण्डे, डोटीका प्रदिप देउवा र डडेलधुराका कर्ण मल्ल देउवा पक्षिय हुन् ।

यसैवीच मध्यपश्चिमको जाजरकोट सभापति दिपकजंग शाह, हुम्ला सभापति जयपती रोकाय देउवा पक्षिय हुन भने दाङ्गमा निर्वाचित कृतिवहादुर खड्का खुमबहादुर खड्का समर्थित हुन् । उनलाई देउवा पक्षले पनि सभापति जिताउन सहयोग गरेको थियो । त्यस्तैगरि नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाबाट बोहरा सभापतिका ५ जना प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वा्चित भएका हुन् । बोहराले निर्वाचनमा खसेको कुल ४ सय ९ मत मध्ये २ सय ४७ मत प्राप्त गर्दै पहिलो चरणको निर्वाचनबाटै सभापतिमा निर्वा्चित भएका हुन् । दार्चुला सभापतिका लागि बोहरासहित थप पाँच जना प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचनमा कुल ४ सय १४ मतमध्ये ४ सय ९ मत खसेको थियो । सभापतिका उम्मेदवार उम्मेदवारहरु मदन गिरी ५० मत, नरेन्द्र सिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु १८ र गौरीशङ्कर गिरीले १२ मत प्राप्त गरेका थिए ।

मध्यपश्चिममा बाँकेकी किरण कोइराला, बर्दिया सञ्जय गौतम, सुर्खेत कमलराज रेग्मी, दैलेख कृष्णकुमार विसि, रोल्पाका अमरसिंह पुन, रुकुमका प्रेमप्रकाश ओली, सल्यानका गणेश चन्द, प्यूठानका अम्मर भण्डारी, कर्णालीको जुम्ला दिपबहादुर शाही, कालिकोटका हर्षवहादुर वम, मुगुका खड्कवहादुर शाही, सुदूरमा बैतडी नरेन्द्रसिंह थापा र दार्चुलाका ललितसिंह बोहरा संस्थापन पक्षका ह्ुन कैलालीका नरनारायण शाह, अछामका भरतकुमार स्वाँर, बाजुराका कविराज पाण्डे, डोटीका प्रदिप देउवा र डडेलधुराका कर्ण मल्ल, मध्यपश्चिमको जाजरकोट दिपकजंग शाह, हुम्ला सभापति जयपति रोकाय देउवा पक्षिय हुन भने दाङ्गमा निर्वाचित कृतिवहादुर खड्का खुमबहादुर पक्षधर हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले पार्टीको १३ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुको बिकल्प नभएको वताएका छन् । नेपाली काँग्रेस बाँकेको नवनिर्वाचित कार्यसमितिलाई मंगलवार पदभार हस्तान्तरण गर्न आयोजित कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्ग, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, पूर्व केन्द्रीय सदस्य विनयध्वज चन्दललगायतका नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको वताए ।

केन्द्रीय सदस्य गुरुङ्गले पार्टी सभापति सुशील कोइरालाको निधन र नजिकिदो महाधिवेशपछि काँग्रेसमा देखिएको नेतृत्व हानथापले पार्टीमा विचलन हुन सक्नेतर्फ पनि उत्तिकै सजगता अपनाउन जरुरी रहेको भन्दै थपे –‘वी।पी।कोईरालाले भने जस्तो एक मुठी माटो हातमा लिएर निर्भिक्क भएर निर्णय लिनुपर्ने बेला आएको छ ।’ यसैगरी पूर्वगृहमन्त्री जोशीले लोकतान्त्रिक पार्टीमा निर्वाचनलाई स्वभाविक रुपमा लिनु पर्ने बताउँदै तर गुटउपगुटलाई बढवा दिन नहुने वताए । यस्तै पूर्व केन्द्रीय सदस्य चन्दले काँग्रेस महाधिवेशनले एकताको सन्देश प्रवाह गर्दै संबिधान कार्यान्वयनमा आप्mनो भूमिकालाई बरगराड राख्नुपर्ने धारणा राखेका छन । पार्टीका कार्यवहाक सभापति लाहुराम थारुको सभापतित्वमा भएको कार्यक्रममा थारुले नै नवनिर्वाचित अध्यक्ष किरण कोइराला नेतृत्वको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरेपछि नवनिर्वाचित पार्टी सचिव तप्त पौडेलले कार्यसमितिको पहिलो बैठक सौहार्दपूर्ण ढंगले १३ औं माहाधिवेशन सफल पार्ने उद्देश्यले सम्पन्न भएको बताए ।