काठमाडौं फागुन १२, नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि डेमोक्रेटिक लयर्स एसोसियसनको तर्फबाट अधिवक्ता शेरबहादुर केसीले मंगलबार उम्मेदवारी घोषणा गरेका छन् । केसीको प्यानलबाट महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षमा ज्ञानरत्न शाक्य र उपाध्यक्षहरुमा क्रमस पूर्वाञ्चलबाट मदनकुमार खड्का, मध्यमाञ्चलबाट विनय सिंह, उपत्यकाबाट मोतिराज गौतम, पश्चिमाञ्चलबाट घनश्याम पन्त, मध्यपश्चिमाञ्चलबाट रेवतीरमण भट्टराई, सुदूर पश्चिमाञ्चलबाट गंगाराम पाध्या र महिला तर्फबाट अधिवक्ता शान्ति सेढाईले उम्मेदवारी घोषणा गरेका छन् । बृहत लोकतान्त्रिक, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह नाम दिइएको केसीको प्यानलबाट महासचिव र उपाध्यक्ष सहित २५ जनाको उम्मेदवारी घोषणा गरिएको हो ।
डेमोक्रेटिकको तर्फबाट बार अध्यक्षमा केसीको उम्मेदवारी
February 24, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np