आइतवार, बैशाख २३, २०८१

काठमाडौं काँग्रेसको नेतृत्वका लागि प्रधान, जोशी, बानियाँ र वैद्य चुनावी मैदानमा

नयाँ नेतृत्व चयनका लागि सोमबार देशैभर जिल्ला अधिवेशन हुँदै

काठमाडौ माघ २४, नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशन अन्र्तगत देशैभर एकैसाथ जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार जिल्ला अधिवेशन हुँदैछ । यसैक्रममा नयाँ नेतृत्वको लागि उम्मेदवारी घोषणाको क्रमले राजधानी लगायत मोफसल आज दिनभर तरङगीत बनेको थियो । जिल्ला अधिवेशनमा एक सभापति, एक सचिव र एक कोषाध्यक्षको निर्वाचन गनेै प्रावधान काँग्रेस विधानमा उल्लेख रहेको छ
nc। त्यस्तै सदस्यको निर्वाचन भने क्षेत्रीय अधिवेशनबाटै चयन गरिने र बाँकी पदाधिकारी तथा सदस्य मनोनीत गरिने भएको छ

जिल्ला अधिवशेनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्यसमिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति र सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिनदै पदाधिकारीको चयन गर्ने गरिन्छ । साथै काँग्रेसको विधानत व्यवस्था अनुरुप जिल्ला सभापतिले विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने हुन्छ ।

यसैवीच काठमाडौँ काँग्रेसको सभापतिको लागि आज विभिन्न व्यक्तिहरुले आआफ्नो दावी प्रस्तुत गर्दै उम्मेदवारीको घोषणा गरेको छ । यस क्रममा यसअघि पनि काठमाडौँ काँग्रेसका सभापति रहेका भीमसेनदास प्रधानले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुनः उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  त्यसैगरि पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्ने एवम् एकहजार २६८ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने बताईएको काठमाडौं अधिवेशनका लागि क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्य र यसअघि काठमाडौं काग्रेसका सचिवको जिम्मेवारी सम्हाली सक्नुभएका पुराना युवानेता एवम् क्षेत्र नं ८ का महाधिवेशन प्रतिनिधि राजुराज जोशीले पनि आजै एक कार्यक्रमका वीच जिल्ला सभापतिका लागि आफ्नो उम्म्दावरी घोषणा गर्नुको अलावा आफ्ना प्यानलको तर्फबाट कोषाध्यक्षमा क्षेत्र नं ९ की महिला उम्मेदवार श्रीमीला सुवाललाइ अगाडी ल्याउँनु भएको छ भने सचिवमा क्षेत्र नं २ का हरिचन्द्र श्रेष्ठलाइ उम्मेदवार बनाउँने तयारी रहेको जानकारी दिनुभएको छ । साथै आजै काँग्रेसका महामन्त्री प्रकाशमानसिंह निकट सबुज बानियाँ पनि सभापति लड्दै हुनुहुन्छ । उहाँको प्यानलको सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोबिन्द पुडासैनी रहनुभएको छ । त्यस्तै बानियाँलाई आज काठमाडौँ निर्वाचन क्षेत्र नं १, ३, ४, ५, ७, ८ र १० का सभापतिको भेलाले काठमाडौँ सभापतिको उम्मेदवार घोषणा गरेको थाहा भएको छ