शनिबार, बैशाख ८, २०८१

सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठसहित ३ जना विरुद्ध मुद्धा दायर

काठमाडौ माघ २४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको प्रयोजनार्थ आवश्यक सामान खरिद एवम् ढुवानीको Shailendra_Kumar_Shrestha_1क्रममा रु ८० लाखभन्दा बढीे भ्रष्टाचार गरेको अभियोग सहित आज बलका तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित ३जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज आवश्यक अनुसन्धान पछि मुद्धादायर गरिएकाहरुमा तत्कालीन महानिरीष्क श्रेष्ठ सहित सशस्त्रका लेखा प्रमुख तकमान महरा, भण्डार शाखाका प्रमुख रामचन्द्र श्रेष्ठ रहेका छन ।

त्यस्तै आयोगले नक्कली बिल भरपाई बनाएर महानिरीक्षक श्रेष्ठले रु ८० लाख ९३ हजार ६१० र भण्डार शाखाका प्रमुख श्रेष्ठले रु १८ लाख ३९ हजार ५१० भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । आयोगले यसअघि अर्का महानिरीक्षक कोषराज वन्तसहित ९ जना अधिकारी विरुद्ध पनि नक्कली बिल भरपाई पेस गरी राज्यकोषदुरुपयोग गरेको भन्दै विशेष अदालतमा छमुद्दा दायरगरिसकेको छ ।