बुधबार, बैशाख २६, २०८१

यस्तो छ वाणिज्यको सय दिने कार्यक्रम

काठमाडौ माघ २०, वाणिज्य मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारका कार्यलाई छिटो र छरितो रूपमा अगाडि बढाउन आगामी १०० दिनमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ । मन्त्रालयमा मंगलवार पत्रकार सम्मेलन गरी वाणिज्य मन्त्री दीपक बोहोराले नीति तथा वाणिज्य-मन्त्री-दीपक-बोहोरारणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, व्यापार मेला र वस्तु तथा सेवाको विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गर्नुभएको हो । बुधबारबाट लागू हुने कार्यक्रममा उहाँले द्विपक्षीय र बहुपक्षीय वार्ता तथा सम्झौता, व्यापार सहजीकरण तथा सूचना प्रविधिको प्रयोग, व्यापारजन्य पूर्वाधारको निर्माण र निजी क्षेत्रसँगको समन्वयलाई विशेष प्राथमिकता दिनुभएको छ ।

मन्त्री बोहोराले वाणिज्य नीति २०७२ को कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, नेपाल व्यापार एकीकरण रणनीतिको अध्यावधिक गरी मन्त्रिपरिषद्मा लगेर स्वीकृत गर्ने र निर्यात सम्भाव्य मुख्य वस्तुको निर्यात रणनीति तयार गरी लागू गर्ने बताउनुभयो ।  कफी, चिया, अलैँची र अदुवालाई विशेष निर्यातजन्य वस्तुका रूपमा लिई प्रवद्र्धन गर्ने र तेस्रो मुलकमा दिइँदै आएको प्रोत्साहन तथा नगद अनुदानलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालय र उद्योग विभागसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउने कार्ययोजना बनाइएको छ ।

कार्यक्रममा निर्यात हुने वस्तुको गुणस्तर परीक्षणका लागि विभिन्न स्थानमा प्रयोगशालाको स्थापना गर्ने, चाँदनी दोधारामा सुक्खा बन्दरगाह निर्माणका लागि प्रारम्भिक अध्ययन थाल्ने र रसुवाको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहका लागि जग्गा प्राप्ति गर्नेलगायतका उल्लेख छ ।  कार्यक्रममा मन्त्री बोहोरालाई सबै कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको थियो । इहिराल्ड पोष्टबाट ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031