आइतवार, बैशाख २३, २०८१

मेगामा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

काठमाडौं पौष २७,  मेगा बैंक नेपाल लिमिटेडको ५औं वार्षिक साधारणसभाले नयाँ सञ्चालकहरुको चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।  बैकद्दारा जारी विज्ञप्तिमा Mega_AGM1[1] Mega-Bank-New-Board[1]उल्लेखभए अनुसार सञ्चालक समितिमा निर्वाचित हुने संस्थापकहरुमा क्रमस भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्ग रहनुभएको छ । यसअघि नै चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल सर्वसाधारण समूहबाट निर्वाचित हुनुभएको जनाएको छ ।

त्यस्तै साधारण सभाले बैंकको अधिकृत पुँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पु-याउन, जारी पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट वृद्धि गरी ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९ सय ३२ रुपैयाँ र चुक्ता पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९ सय ३२ रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्नुको अलावा शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर दिने प्रस्तावलाई समेत पारित गर्दै बोनस शेयर वापत लाग्ने करको रकम पनि बैंकले तिर्ने व्यवस्था मिलाएको र त्यसका लागि चुक्ता पुँजीको ०.५३ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेको उल्लेख  गरिएको छ।

साधारण सभाको उद्घाटन अघिको कार्यक्रमलाइ सम्बोधन गर्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले अनेकन चुनौतीबाट जुध्नुपरे पनि मेगा बैंकलाई नेपालको नमुना बैंक बनाउने आफ्नो प्रतिबद्धता यथाबत रहेको बताउनुभयो । सँगसँगै स्थापना भएका बैंकको मेगा बैंकले छोटो समयमा व्यवसायिक रुपमा फड्को मारेको उहाँले बताउनुभएको विज्ञप्तिमा जनाउँदै साधारणसभाले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँगको मर्जरलाई पनि अनुमति दिएसंगै अव मेगा बैंकले पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकसँग बैंकको चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ४ः१ को अनुपातमा हदप्रद शेयर निष्काशन गर्ने र पश्चिमाञ्चल डेभलप्मेन्ट बैंकको शेयर आदान प्रदानको अनुपात १०४.२५ : ६७ कायम हुने जनाएको छ ।

कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले गत बैशाख १२ को भूकम्पपछि अर्थतन्त्र अप्ठेरो अवस्थाबाट गुज्रिए पनि मेगा बैंकको वित्तीय अवस्था सकरात्मक भएको बताउँदै गत आवमा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी दिदै चालू आर्थिक वर्ष २०७२÷७३ को पहिलो त्रैमासिक अवधिमा बैंकको कूल निक्षेप १ अर्ब ४३ करोड रुपैयाँले वृद्धि भई २२ अर्ब ५६ करोड रुपैयाँ पुगेको र त्यस्तैगरि कर्जातर्फ ९० करोड रुपैयाँले वृद्धि भई १८ अर्ब ८९ करोड रुपैयाँ पुग्नुको अलावा त्रैमासिक अवधिमा ८ करोड ४३ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।