मङ्लबार, बैशाख ११, २०८१

मेगाको अध्यक्षमा शाह

काठमाडौं पौष २९, मेगा बैंक संचालक समितिको १४४ औँ बैठकले बैंकको नयाँ अध्यक्षमा सर्वसम्मत भोजबहादुर शाह चयन गरेकोे छ । Bhoj-Bahadur-Shah[1]अध्यक्षको नयाँ जिम्मेवारी पाउँनु भएका शाह स्थापनाकालदेखि नै मेगा बैंकको सञ्चालक सदस्य हुनुहुन्थ्यो ।

आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरुमा शाहसहित, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्गलाई निर्वाचित गरेको थियो । त्यसअघि नै सर्वसाधारण समूहबाट चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल निर्वाचित हुनुभएको थियो ।