बुधबार, बैशाख १९, २०८१

पत्रकारमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

काठमाडौ पौष १, नेपाल पत्रकार महासंघले आज एक विज्ञप्ति जारी गर्दै नयाँ पत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको घटनाको कडा शब्दमा भत्र्सना सहित गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जारी विज्ञप्तिमा महासंघ काभ्रे शाखाका अनुसार २०७२ Press release pus 1मंसिर २९ गते घर फर्कने क्रममा राति ८ः०० बजेतिर बनेपाको आजाद माविअगाडि ८÷९ जनाको समुहमा रहेका व्यक्तिहरूले एक्कासि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमेरियल अस्पताल बनेपामा उपचार भइरहेको उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले स्वतन्त्र रूपमा आफ्नो पेशागत दायित्व निभाउने पत्रकारमाथि भएको यो आक्रमण सिंगो प्रेसमाथिको आक्रमण भएको भन्दै प्रस्तुत घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको जनाएको छ । साथै महासंघले दोषीको तत्काल पहिचान गरी कडा कानुनी कारवाही गर्न र पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवं पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।