बिहिबार, बैशाख १३, २०८१

डिसहोमको भएको वम प्रहार र पत्रिका वितरणमा भएको अवरोधप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं पौष २, टेलिभिजन प्रसारक–वितरक डिसहोम मिडिया नेटवर्क प्रा.लि.को ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा भएको आगजनी र तराई–मधेस क्षेत्रमा राष्ट्रिय पत्रपत्रिका वितरणमा भएको अवरोधप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डिसहोमको अर्थ स्टेशनमा बुधवार Press release pus 2विहान पेट्रोल छर्किएर आगजनी गराउँदा त्यहाँ भौतिक क्षति पुग्नुका साथै विदेशी मात्र नभई स्वेदशी टेलिभिजन प्रसारण–वितरणमा समेत अवरोध उत्पन्न भएको महासंघद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा त्यसैगरी, सप्तरीको राजविराजमा झण्डै चार महिनापछि वितरणका लागि पुगेका राष्ट्रिय पत्रपत्रिकाहरू आन्दोलनकारी दलका कार्यकर्ताहरूले कब्जामा लिई वितरण गर्न रोकेको यी दुवै घटनाका भत्सर्ना गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र संवैधानिक व्यवस्थाविपरीतका यस्ता घटनाले सञ्चारमाध्यमको प्रसारण–वितरणमा अवरोध गर्नुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको ठहर गर्दै  यस्ता अवरोध नर्गन सम्वद्ध पक्ष एवं निर्वाध प्रसारण–वितरणको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।