बुधबार, बैशाख १९, २०८१

मधेस आन्दोलनका अगुवा शीर्ष नेताहरु आज नेपाल फर्किदै, नेपाल फर्के लगत्तै सरकारसंग निर्णायक वार्तामा बस्ने

काठमाडौं मार्ग २३, मधेस आन्दोलनको सवालमा परामर्स गर्न गत आइतवार नयाँ दिल्ली पुगेका आन्दोलनका अगुवा शीर्ष नेताहरु आज नेपाल फर्किदैछन् । भारतको सत्तापक्ष लगायत विभिन्न राजनीतिक दलका नेतासँग मधेस आन्दोलनबारे छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हो । सम्वद्ध Madhesi-morcha-400x219स्रोतका अनुसार मधेसआन्दोलनका अगुवा नेता र भारतीय नेताहरुवीच भएको छलफलमा भारतीयहरुले सरकारद्दारा सीमांकनलाई पछि मिलाउने गरि अघि सारेको ३ बुँदे ठोस प्रस्तावको आधारमा वार्ताबाटै समस्या समाधान खोज्ने तर्फ लाग्न मन्त्रणा दिएको बुझिएको छ

त्यस्तै भारतीय मन्त्रणा अनुरुप मोर्चाका नेताहरुले राजधानी पर्केलगत्तै सरकारसँग वार्ता गर्ने तयारी गरेको थाहा भएको छ । सम्भवत आजै वा भोलि मोर्चासंग सरकारको निर्णायक वार्ता हुँने भएको छ । त्यस्तै यसअघि सरकारको प्रस्तावमा सीमांकनको सवालमा तत्काल टुङ्गो लगाउँनु पर्ने अडान बोकेका मोर्चा भारतीय भ्रमण पछि केहि लचक हुँने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930