बुधबार, बैशाख १९, २०८१

भगवानहरु…

 Captureयहाँ धेरै धेरै भगवानहरु अनि भगवान भन्दा बलवान मान्छेहरु
मान्छेले बनाएका कमजोर भगवानहरु
अनि भगवान बनाउने बलवान मान्छेहरु

सुन चाँदीका सीक्रीले बााढिएका भगवानहरु
मान्छेको परिधि भित्र कैद निरिह भगवानहरु
बलवान मान्छेका कुकृत्यका समर्थक भगवानहरु
अनि अपराधिको अपराधका साक्षी बिराला भगवानहरु
यहाँ रङ्गिचङ्गी भगवानहरु
झिलिमिलिमा मन भुलाउने इन्द्र सौखिन भगवानहरु
आँशु र अभाव देखि तर्किने भगुवा भगवानहरु
अनि धन लक्ष्मी मोहले मोहित कुबेर भगवानहरु
यहाँ धेरै धेरै भगवानहरु

लोभ लालचले ग्रस्त लोभी पापी भगवानहरु
मान्छेको चेलो आज्ञाकारी भगवानहरु
दुरुस्त मान्छेको बोली बोल्ने टोटे बाल भगवानहरु
अनि मान्छेको तालमा नाच्ने नर्तकि भगवानहरु
हाँ अग्ला अग्ला मुर्ति भगवानहरु
राक्षस भन्दा क्रुर मुटुविहिन मान्छेहरु
मान्छे भन्दा पनि बेपर्वाह स्वार्थी भगवानहरु
अनि भगवानका पनि भगवान मान्छे भगवानहरु
यहाँ धेरै धेरै भगवानहरु

– गौतम डंगोल “सन्देश”