आइतवार, जेष्ठ ६, २०८१

 दिल्लीमा नेपाली दुतावासद्दारा आयोजित रात्रीभोजमा उपप्रम थापा र भारतीय नेताहरुवीच गोप्य मन्त्रणा

नेपालमा  जारी संकट समाधानको चावी काठमाडौंमा नै रहेको विजेपी नेता जोलीको अभिव्यक्ति 

गोबिन्द पोख्रेल, नयाँ दिल्ली/  नेपाल भारतको वर्तमान समस्यालाई नजर अन्दाज गर्न नमिल्ने र सम्बन्ध सुधारको कार्य दुवै मुलुकका दिग्गजले गर्नुपर्ने भन्दै निजी कामले भारत आएका उप प्रधानमन्त्री एवंम राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय नेताहरुलाई निमन्त्रणा दिएका छन । परराष्ट्रमन्त्री थापाको उपस्थितीमा नेपाली राजदुतावासले आयोजना गरेको रात्रीभोजको क्रममा उपस्थित भारतीय नेताहरुलाइ उपप्रधान एवंम थापाले नेपाल भारत सम्बन्ध सुधारको भुमिका निर्वाह गर्न आग्रह गर्नु भएको बुझिएको छ ।
त्यस्तै भार।तका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले तत्कालीन समयका समकक्षी भारतीय राजनेतासंग भेटको चाजो पाजो मिलाएको र छलफलमा भारतीय नेताहरु भाजपाका नेता विजय जोली, सांसद एवम् भारतीय माक्र्सवादी कम्यूनिष्ट पार्टीका नेता सीताराम यचुरी, बहुजन समाजवादी पार्टिका नेता पवन वर्मा, कम्यूनिष्ट पार्टीका नेता डि राजा, राष्ट्रवादी काँग्रेस पार्टीका नेताद्वय श्री डिपि त्रीपाठी तथा तारिक अनवर, भारतीय जनता पार्ठीका नेताद्वय अर्जुन मेघवाल र जगदम्बिका पालको उपस्थिति रहेको बताईएको छ। समाचार स्रोतका अनुसार छलफलमा नेपालको तर्फबाट उपप्रम थापा र राजदुत उपाध्यायले नेपालमा ग्यास तथा ईन्धनको समस्याबारे कुरा राख्दा जवाफमा  भाजपा नेताद्वय मेघावाल र पालले भारतले नेपालमामाथि कुनै नाकावन्दी नगरेको र यो सुनियोजित रुपमा भ्रम श्रृजना गरीएको बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले सदैव नेपालको प्रगती एवम्  दिल्लीमा नेपाली दुतावासद्दारा आयोजित रात्रीभोजमा उपप्रम थापा र भारतीय नेताहरुवीच गोप्य मन्त्रणा उन्नती र शान्तिको कामना गर्नुभएको जनाउ दिएका  बुझिएको छ ।

त्यस्तै बरिष्ठ विजेपी नेता जोली ले नेपालमा भारतीय प्रधानमन्त्री विरुद्ध चलिरहेका गतिविधीप्रति विरोध गर्दै काठमाडौंमा प्रम मोदीजीको पुत्ला दहन गर्नु दुर्भाग्य रहेको संयुक्त राष्ट्र संघ र स्वीटजरल्याण्डमा चावी नभएको कुरा औल्याउदै  जोलीले नेपालमा  जारी संकट समाधानको चावी काठमाडौंमा नै रहेको वताएका थिए । यो समस्याको समाधान आपसी छलफल र समझदारीबाट हल हुने भन्दै आसन्न समस्या सौहार्दपूर्ण वाताबरणमा सम्पन्न गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।   त्यस्तै  रात्रीभोजको क्रममा उपप्रम   थापाले भारतीय नेताहरुसंग केहि समय गोप्य मन्त्रणा समेत गर्दै  नेपाल भ्रमणको समेत निम्तो दिएको बुझिएको छ ।