शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासंघ भारत शाखा अधिवेशनको तयारीमा

गोबिन्द पोख्रेल नयाँ दिल्ली, 
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अनिता विन्दुको उपस्थितीमा गत ज्येष्ठ १६ गते लोकेश शाहको आर्यनको अध्यक्षता गठन गरिएको नेपाल पत्रकार FNJ-logo-300x2461महासंघ भारत शाखाको तदर्थ समितिलाइ विधिवत पूर्ण समिति बनाउँने तयारी सुरु भएको छ । महासंघ भारत शाखा तदर्थ समिति गठन भएको ६ महिना पुरा भएलगत्तै अधिवेशन सहित पूर्ण समिति बनाएर अगाडि बढ्ने योजनाअनुरुप यस्तो तयारी सुरु गरिएको हो । तदर्थ सममितिको आज सम्पन्न बैठकले आगामी १० फरबरी देखी ३१ मार्च, २०१६ भित्र पूर्ण समितिका लागी अधिवेशन तय गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले तदर्थसमितिमा भारतस्थित विभिन्न सञ्चारमाध्यमा कार्यरत ३ जना सदस्यहरु क्रमस नेपाल वन टेलिभिजनमा कार्यरत पत्रकार ललित सुनार, न्यूज २४ का सम्वाददाता ऋषिराम अधिकारी र पत्रकार पूजा शाहलाइ मनोनयन गरिएको उल्लेख गरिएको छ । साथै पूर्ण समितिका लागी गरिने अधिवेशनमा केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टलाई उपस्थित गराउने पहल गर्ने  जिम्मेवारी अध्यक्ष शाहलाई दिईएको जनाउँदै प्राप्त समाचारमा तदर्थ समिति गठनको क्रममा नयाँदिल्ली पुग्नु भएका पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अनिता विन्दु ,काठमाडौं महासंघका उपाध्यक्ष श्रीजन झा, केन्द्रीय पार्षद योगेन्द्र प्रताप शाही, , पत्रकारहरु लक्ष्मण पन्थी , प्रविन श्रेष्ठ र भोजराज भाटप्रति धन्यवाद ज्ञापनको प्रस्ताव समेत पारित गरेको उल्लेख गरिएको छ